Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक महिला गम्भीर घाइते 
फाइल फोटो

बैतडी–बैतडीमा भीरबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको मेलौली नगरपालिका ३ की बागकोटकी ६५ बर्षीया सुर्मा चन्द शुक्रबार दिउँसो घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएका बेला भीरबाट लडेकी हुन् । 

दिउँसो १२ बजेतिर भीरबाट लडेकी उनी अन्दाजी ५० मिटर तल खस्दा मुख र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

घाइते चन्दको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक केसीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update