Sagun Khabar
केदारेश्वर माविको ७१ औं बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको मेलौली नगरपालिका –२ स्थित केदारेश्वर मावि दुर्गास्थानको ७१ औं बार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट प्रमुख अतिथी रहेका थिए । समारोहमा मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द बिशिष्ट अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त बागले १ करोड ५९ लाख ९१ हजार ९१३ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरे । उनले विद्यालयको भौतिक तथा शैक्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेको स्थानीय योगराज पाण्डेयले जानकारी दिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका छात्राहरुले सगुनमार्फत सरस्वती बन्दना प्रस्तुत गरेका थिए । स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित सगुनमार्फत सरस्वती बन्दना प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । 

बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई विभिन्न पुरस्कारहरु समेत वितरण गरिएको विद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update