Sagun Khabar
नेपाल किसान महासंघ बैतडीले दशै पालिकामा संगठन विस्तार गर्यो 

बैतडी –नेपाल किसान महासंघ जिल्ला कार्यसमिति बैतडीले १० ओटै पालिकाहरुमा महासंघको सभापति मनोनयन गरेर संगठन विस्तार गरेको छ । 

जिल्लाका १० ओटै स्थानीय तहमा महासंघका सभापतिहरु मनोनयन गरेर गाउँ÷नगर र वडाको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको नेपाल किसान महासंघ बैतडीका अध्यक्ष भानदेव भट्टले बताए । 

उनका अनुसार दशरथचन्द नगरपालिकामा भीमदत्त भट्ट, पाटन नगरपालिकामा महेन्द्र पन्त, मेलौली नगरपालिकामा गोरखबहादुर साउँद र पुर्चौंडी नगरपालिकामा बीरबहादुर बिष्टलाई सभापतिमा मनोनयन गरिएको छ । 

यस्तै डिलाशैनी गाउँपालिकामा मनबीर धामी, दोगडाकेदार गाउँपालिकामा दानबहादुर बिष्ट, सुर्नया गाउँपालिकामा नरबहादुर भाट, सिगास गाउँपालिकामा बिरबहादुर साउँद, शिवनाथ गाउँपालिकामा विरेन्द्रबहादुर चन्द र पञ्चेश्वर गाउँपालिकामा कालु चन्दलाई सभापति मनोनय गरिएको जिल्ला अध्यक्ष भट्टले बताए । 

नेपाली कांग्रेसको भातृसंस्थाको रुपमा रहेको नेपाल किसान महासंघले जिल्लाभरी संगठन विस्तार अभियान जारी राखेको जिल्ला अध्यक्ष भट्टले बताए ।  
kisan mahasangh1704374697.jpg

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update