Sagun Khabar
अछाममा चार जना जुवाडे पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा चार जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका–५ मंगलसेन बजारका ५६ वर्षीय अर्जुनसिंह बिष्टको सिलाई कटाई पसलको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा बिष्टसहित चार जनालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २३ हजार ६ सय ३० र ४ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update