Sagun Khabar
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित

 नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । कैलालीको टीकापुरमा चलिरहेको उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि चौधरीको मात्रै उम्मेदवारी परेको हो ।

२०७२ मा भएको टीकापुर घटनामा दोषी ठहर भएपछि जेल गएका चौधरीले गएकाे वर्ष  जेलबाटै आफू संरक्षक रहेर पार्टी स्थापना गर्नुभएको थियो । यसअघि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी स्थापना गरेका चौधरी जेलबाट छुटेपछि महाधिवेशनबाट जनमत लिएर अध्यक्ष बन्नुभएको हो । राष्ट्रपतिबाट कैद मिनाहा भएपछि उहाँ राजनीतिमा फर्कनुभएको हो ।

Atrya hospital

नागरिक उन्मुक्ति पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । सहमहासचिव, सचिव र सहसचिवमा पनि निर्विरोध भएका छन् । अब उपाध्यक्ष र महासचिवमा मतदान हुने छ । सात वटा उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा तीन जनाले उम्मेदवारी दिएका छन् ।

#उज्यालो अनलाईन

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update