Sagun Khabar
भालुको आक्रमणबाट २ युवती घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम-अछाममा भालुको आक्रमणबाट २ युवती घाइते भएका छन्। घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर-५ का २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेका छन्। खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष केशरबहादुर शाहले जानकारी दिए।

उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको उनले बताए। 
 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update