Sagun Khabar
युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटना,  ६५ जनाको ज्यान गयाे
स्वास्थ्य सन्देश
Atrya hospital

रुसको युक्रेनसँग सीमा जोडिएको दक्षिणी बेल्ग्रड क्षेत्रमा एउटा जहाज दुर्घटना भएको छ । रुसी सैन्य ढुवानी जहाज दुर्घटनामा परेको रुसी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन् । जहाजमा युक्रेनी युद्धबन्दीबाहेक ६ जना चालक दलका सदस्यसहित अरु नौ जना थिए ।

युक्रेनी युद्धबन्दीलाई रुसी सेनाको बदलामा सट्टापट्टाका लागि लगिएको हुन सक्ने बीबीसीले जनाएको छ । रुसी संसद्का सदस्य आन्द्रेई कार्तापोलोभले दुर्घटना भएको विमानमा ३ वटा मिसाइल ठोक्किएको दाबी गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update