Sagun Khabar
वासुदेव माविको बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–२ स्थित वासुदेव माविको ७४ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ बिहीबार सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर चन्दको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

समारोहमा गाउँपालिकाका प्रवक्ता प्रतापसिंह महरा, वडा नं २ का वडा अध्यक्ष गणेशबहादुर बिष्ट, वडा नं ६ का अध्यक्ष मदनराज अवस्थी बिशिष्ट अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक जितबहादुर पाण्डेले आर्थिक, भौतिक तथा शैक्षिक प्रतिवेदन पेश गरेका थिए । 

कक्षा १२ सम्मको पढाई हुने उक्त विद्यालयमा प्राविधिक धारको समेत पठनपाठन हुँदै आएको छ । 

विद्यालयमा स्थापना गरिएको लक्ष्मी चन्द स्मृति छात्रवृति अक्षयकोषबाट यो बर्ष दुई जनालाई पुरस्कार समेत प्रदान गरिएको छ । विद्यालयबाट गत बर्षको एसईई परीक्षामा उत्कृष्ट भएकी छात्रा प्रेरणा चन्दलाई नगद १५ हजार र कक्षा १२ को परीक्षामा उत्कृष्ट भएकी छात्रा हेमन्ती ऐरीलाई नगद २० हजार पुरस्कार प्रदान गरिएको छ । 

बार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित विभिन्न क्रियाकलापका विजेता भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ भने विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई समेत पुरस्कार वितरण गरिएको छ । 

बार्षिकोत्सव समारोहमा बोल्दै सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले वासुदेव माविले शिक्षाको क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए । ऐतिहासिक विद्यालयको रुपमा रहेको यो विद्यालयले साख जोगाउन सबैले लाग्नुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update