Sagun Khabar
कलिलै उमेरमा अस्ताइन रमिता 
स्वास्थ्य सन्देश
Atrya hospital

अछामकी इन्जिनियर रमिता रावलको  कलिलै उमेरमा निधन भएको छ ।   क्यान्सरसँग लडिरहेकी रमितिको  २५ वर्षको  कलिलो उमेरमै निधन भएको  हो ।  उनलाई पाठेघर र ठुलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा उपचारत थिइन्। सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावलको क्यान्सरकै कारण निधन भएको छ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचार गराइरहेकी रमिताको  निधन भएको हो। अछाम घर भएकी सब–इन्जिनियर रमिता रावलको निधन भएको छ। पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी रावलको आज बिहान निधन भएको हो।

उनी लामो समयदेखि पाठेघर र आन्द्राको क्यान्सरबाट पीडित थिइन्। नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराइरहेकी उनको काठमाडौँमा निधन भएको हो। रावल नेपालगन्ज महानगरपालिकामा कार्यरत थिइन्।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update