Sagun Khabar
डडेल्धुराको स्याउलेमा बस दुर्घटना, १३ जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको स्याउलेमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधवार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना  ६ख ५४५० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाइते ४ जनाको अवस्था मध्यम रहेको छ भने अरु सबै खतरामुक्त रहेका प्रहरीले जनाएको छ । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । 

बसको प्रेसर पाइप फुट्दा चालकले ठूलो दुर्घटनाबाट जोगाउन नालीतर्फ लग्दा समान्य दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update