Sagun Khabar
बैतडीमा एक युवक मृत फेला 
Atrya hospital

बैतडी–बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका १ धामकुडीका ३२ बर्षीय सुन्दरसिंह धामी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 
धामी आफ्नै घरको सुत्ने कोठाको दलानमा झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो पौने ४ बजे फेला परेका उनले बताए । 

घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए । शनिबार मृतकको शव पोष्टमार्टम गरिने बताइएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update