Sagun Khabar
बैतडीमा वनारसी धामको नवरात्र शुरु 

बैतडी –सुदूरपश्चिमकै मुख्य धामको रुपमा रहेको वनारसी धामको नवरात्र शुरु भएको छ । बैतडीको पाटन नगरपालिका ३ सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाममा हरेक बर्ष माघ शुक्ल पक्षमा पूजाआजाका साथै जात्रा हुने गरेको छ । 

माघ शुक्ल प्रतिपदादेखि वनारसी धामको नवरात्र शुरु हुने र माघ शुक्ल दशमीका दिन जात्रा हुने श्री वनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरका कोषाध्यक्ष एवं धार्मिक प्रवक्ता पण्डित गणेशप्रसाद पन्तले बताए । वनारसी धाममा हरेक बर्ष शैल्य दशमीका दिन जात्रा हुने गरेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य दाबी गरेका छन् । पौराणिक सरयु अर्थात सुर्नया नदीको किनारमा भगवान शिवका द्वादश ज्योतिर्लिङ्ग मध्येको विश्वनाथ ज्योतिर्लिङ्ग बैतडीमै रहेको उनले बताए । 

वनारसी देवतालाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको छ । परापूर्वकालमा देवता र दैत्यबीच लडाईँ हुँदा वनारसी देवताले खपरे दैत्यलाई मारेको किम्वदन्ती रही आएको छ । वनारसी धामको जात्रामा दलित समुदायका पूजारीले पूजाआजा गर्ने प्रचलन रहेकालाई यसलाई सामाजिक सदभावको जात्राका रुपमा समेत लिने गरिएको छ । 

वनारसी धाममा आजदेखि पूजाआजा शुरु भएको र माघ शुक्ल दशमीका दिन जात्रा हुने गरेको पण्डित पन्तले बताए । उक्त जात्रामा सुदूरपश्चिमका विभिन्न जिल्लाका दर्शनार्थीका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । 
वनारसी अर्थात विश्वनाथ धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

Banarasi--1-1707572144.jpg
 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update