शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानद्वारा बाढीपीडितलाई आर्थिक सहयोग
बैतडी – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकहरुको सहयोगका लागि शहीद दशरथ चन्द स्मृति प्रतिष्ठान कार्यसमितिको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
बाढीपीडितहरूको राहत तथा उद्धार सहयोगका लागि १० हजार ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक, बैतडी शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहिबार सो रकम जमा गरी सहयोग गरिएको प्रतिष्ठानका सचिव बिष्ना चन्दले जानकारी बताइन् ।
विपदको यो कठिन समयमा प्रभावित नागरिकहरूलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले प्रतिष्ठानको तर्फबाट यो सहयोग गरिएको प्रतिष्ठानले जनाएको छ ।
मानवीय सेवामा हाम्रो सानो प्रयास भन्ने भावनाका साथ प्रतिष्ठानले सामाजिक तथा मानवीय कार्यहरूमा निरन्तर सहभागिता जनाउँदै आएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३ १७:५१
प्रतिक्रिया दिनुहोस्




