Sagun Khabar
बैतडीको दोगडाकेदारमा प्रशोधित पिउने पानी उद्योग सञ्चालन 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकामा प्रशोधित पिउने पानी उद्योग सञ्चालनमा आएको छ । नवयुग बचत तथा ऋण सहकारी संस्थाले नवयुग प्रशोधित पिउने पानी उद्योग सञ्चालनमा ल्याएको हो । गाउँपालिकाको वडा नं ७ मा उद्योग सञ्चालन गरिएको सहकारीले जनाएको छ । 

३२ लाखको लागतमा सहकारी संस्थाले प्रशोधित पानी उद्योग सञ्चालनमा ल्याएको सहकारी संस्थाका अध्यक्ष दानसिंह कार्कीले बताए । दोगडाकेदार प्रशोधित पिउने पानी नाम राखेर बजारमा पानीका बोतल विक्रिका लागि पठाउने कार्यको समेत शुरुवात गरिएको छ । 

Atrya hospital

शनिबार एक कार्यक्रमकाबीच दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले उद्योगको उद्दघाटन गरेका थिए ।

स्थानीयस्तरमै पानी उद्योग सञ्चालनमा आएपछि प्रशोधित पिउने पानी बजारमा उपलब्ध रहेको सहकारी संस्थाका अध्यक्ष कार्कीले बताए । सहकारी संस्थामार्फत सञ्चालित उद्योगले १ घण्टामा ५ सय बोतल पानी उत्पादन गर्ने गरेको उनले बताए । 

यस्तै सहकारी संस्थाले सुपथ मूल्य पसल समेत सञ्चालनमा ल्याएको छ । स्थानीय नागरिकहरुको सहजताका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको अध्यक्ष कार्कीले बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update