Sagun Khabar
दार्चुलामा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नं ६ का धनसिंह धामीकी १८ बर्षीया छोरी मनिषा धामीको घरबाट विद्यालय जाने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । 
मंगलबार बिहान करीब ९ बजेको समयमा रातोपौड भन्ने भिरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् । 

मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने मनिषाको भीबारट लडेर मृत्यु भएको खबर आएको गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले बताए । 

बाटोबाट करीब ५ सय मिटर तल खसेकी मनिषाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update