Sagun Khabar
अछामको कोटिहोम महायज्ञमा आगलागी

अछाम- बिहिवारबाट सुरु भएको अछामको कोटिहोम महायज्ञमा आगलागी भएको छ। आज (शनिबार) कोटीहोम महायज्ञमा आगलागी भएको हो। पाँचवटा कुण्डमध्ये एउटा कुण्ड जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले बताए। फागुन २५ गतेसम्म सञ्चालन हुने गरी अछामको वैद्यनाथ धाममा कोटिहोम लगाइएको थियो।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update