Sagun Khabar
साढे ६ करोड बढी लगानीमा ठडियो पुर्चौडीको पाँच तले प्रशासकीय भवन

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाको प्रशासकीय भवन   निर्माण भएको  छ ।  संघ प्रदेश र  स्थानीयतहको ६ करोड ७६ लाख ६८ हजार लागतमा  पाँच तले नयाँ  प्रशासकीय भवन निर्माण भएको हो ।

नगरपालिकाको वडा नं ३ हाटमा लिप्ट सहितको पाँच तले सुविधा सम्पन्न प्रशासकीय भवनको   निर्माण कार्य अन्तिम चरणमा पुगेको पुर्चौडी नगरपालिकाका  प्रमुख प्रशाकीय अधिकृत विनोद कुमार कुँवरले जानकारी दिए । भवन निर्माण सम्पन्न पछि झ्याल ढोका र  रंगरोगनका काम सकेर बाहिर पट्टीको केहि काम मात्रै बाँकी रहेको बताइएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

भवन निर्माणको   ५÷७ प्रतिशत काम मात्रै  बाँकी रहेकाले  हस्तान्त्रण पछि नयाँ भवनमा प्रवेश गरिने प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । वाई आर कन्सट्रक्सन कञ्चनपूरले  निर्माण गरेको  ५ तले भवनमा २६ ओटा कोठा छन् । एक ÷एक कन्फ्रेन्स र मल्टिप्रपोज हल छन भने १६ ओटा शौचालय रहेका छन् ।

२०७७  बाट निर्माण कार्य शुभारम्भ  गरिएको  यो भवन झण्डै चार वर्ष पछि  सम्पन्न हुँदै  छ । नगरपालिकाले भाडाका भवनहरुबाट सेवा दिदै आएकोमा  अब सहज हुने भएको छ । भवन बनेपछि कामकाज गर्न सजिलो हुने कर्मचारीहरुले बताए । यो भवन  वाई आर कन्सट्रक्सन कञ्चनपूरले निर्माण गरिरहेको छ । निर्माण  कम्पनीले  पनि भवनको  थोरै काम बाँकी रहेको  र छिट्टै हस्तान्त्रण गरिने बताएको  छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update