Sagun Khabar
बैतडीको सिउडेमा महाशिवरात्रि मेला,पाताल भुवनेश्वर धाममा बिहानै देखि भक्तजनको भिड

बैतडी- बैतडीको सिउडेमा महाशिवरात्रि मेला लागेको छ । जिल्लाकै प्रसिद्ध धार्मीक स्थल पाताल भुवनेश्वर धाम रहेको सुर्नया गाउँपालिका २ सिउडेमा महाशिवरात्रि  पर्वको अवसरमा मेला लागेको हो ।

 प्रत्येक वर्ष  शिवरात्री पर्वका दिन सिउडेमा भव्य मेला लाग्ने गरेको स्थानीय युवा हरिश विष्टले बताए । बिहानै देखि  ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पातालभुवनेश्वर धाममा भक्तजन आउन थालेका उनले बताए । प्रत्येक वर्ष महाशिवरात्रीको समयममा यहाँ भव्य मेला लाग्ने गर्दछ ।

स्वास्थ्य सन्देश
Atrya hospital

चारैतिर वनजंगलले घेरेको पाताल भुवनेश्वर धामको बीचमा रहेको प्राकृतिक तालको जल शिरमा चढाएर भक्त जनहरुले गुफाको दर्शन गर्ने गर्दछन् । सडकबाट झण्डै आधा किलोमिटरको दुरीमा रहेको पाताल भुवनेश्वरधाममा आज बिहानै  देखि स्नान,शिवालयहरुमा धुपबत्ती र गुफाको दर्शन गर्नेहरुको भीड लागेको स्थानीय पवन चन्दले बताए । यस्तै मेलालाई  मध्यनजर गरेर सुर्नया गाउँपालिका वडा नं २ ले मदिराको कारोबारमा रोक लगाएको छ ।

मदिराका कारण मेलाको समयमा विभिन्न खालका घटनाहरु हुन सक्ने भन्दै  मेला स्थल आसपासका क्षेत्रलाई  मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष गणेश बहादुर विष्टले बताए । कसैले उल्लंघन गरी मदिराको कारोबार र सेवन गरेमा कानुनी कारवाही गरिने बताइएको  छ ।मेलामा सुरक्षा दिन  बिहानै  देखि नेपाल प्रहरी खटिएको छ ।

पाताल भुवनेश्वर धाममा महाशिवरात्रीको  अवसरमा परापूर्वकालदेखि मेला लाग्दै आएको छ। यो ठाउँमा  छिमेकी देश भारतको पिथौरागढबाट समेत  भक्तालु आउने गर्छन्।  पाताल भुवनेश्वर धाममा  स्नान गरे पुन्य प्राप्त हुने, पाप नास हुने, मागेको मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहि आएको आएको छ। पातालभुवनेश्वरधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको पण्डीत बाशुदेव भट्टले  बताए  । 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update