Sagun Khabar
बैतडीको चमकपुरबाट नेपाल टेलिकमको फोर जी सेवा

बैतडी- बैतडीको डिलाशैनी ६ मा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ । गाउँपालिकाको पहलमा वडा नं ६ को चमकपुरमा निर्माण गरिएको टावरबाट  फोर जी सेवा सञ्चालनमा आएको हो ।

टावर निर्माण गरेर टावरका लागि आवश्यक पर्ने उपकरण जडान गरिएपछि फोर जी सेवा सञ्चालनमा आएको नेपाल टेलिकम बैतडीले जनाएको छ। डिलाशैनीको चमकपुरमा टावर निर्माण सम्पन्न भएर फोर जी सेवा सञ्चालनमा आएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए । फोर जी सेवाका लागि आवश्यक उपकरण प्राविधिक टोलीले जडान गरेपछि  सेवा सञ्चालनमा आएको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

डिलाशैनी गाउँपालिकाको चमकपुरमा सञ्चालनमा आएको फोर जी सेवाले दोगडाकेदार गाउँपालिकाको रिम ,सित्तड, पुर्चौडी नगरपालिकाको तल्लादेहीमा समेत काम गर्ने छ । यस्तै  दार्चुला जिल्लाको लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका केहि भूभाग र डिलाशैनी गाउँपालिकाको अधिकाँश ठाउँहरुमा यो सेवा उपलब्ध हुने छ ।

फोर जी सेवा सुचारु भएपछि सहज भएको  स्थानीय गोबिन्द सिंह मालले बताए । फोर जी सेवाले स्थानीयका साथै यहाँका सरकारी कार्यालहरुलाई समेत कार्य सम्पादन गर्न सजिलो हुने अपेक्षा गरिएको छ । बैतडीमा तीन ओटा नेपाल टेलिकमका टावर निर्माण प्रकृयामा रहेका टेलिकम बैतडीका प्रमुख प्याकुरेलले बताए ।  

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update