Sagun Khabar
हिउँदे फलफूलका बिरुवा नर्सरीमै थन्किँदा किसानहरु समस्यामा 

बैतडी –बैतडीमा हिउँदे फलफूल बिरुवा उत्पादनमा लागेका किसानहरुले उत्पादन गरेका बिरुवा नर्सरीमै थन्किएका छन् । हिउँदे फलफूलका बिरुवा विक्रि नहुँदा बिरुवाहरु नर्सरीमै थन्किएका मायाप्रकाश निजी नर्सरीका सञ्चालक महेश भट्टले बताए । 

यो बर्ष हिउँदे फलफूलका बिरुवा विक्रि नहुँदा आम्दानी समेत घटेको उनले बताएका छन् । नर्सरीमा भएका १३ हजार बिरुवामध्ये आधामात्रै विक्रि भएका छन् । यो बर्ष जिल्ला बाहिर निकै कम बिरुवा विक्रि भएका उनले सुनाए ।  उनले भने ‘हिउँदे फलफूलका बिरुवा विक्रि नहुँदा किसानहरुलाई समस्या भएको छ । बिरुवा विक्रि गरेर लाखौं आम्दानी गर्ने किसानहरु समस्यामा परेका छन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

उत्पादन गरेका हिउँदे फलफूलका बिरुवा यो बर्ष नर्सरीमै थन्किएका दशरथचन्द नगरपालिका १ का अर्का किसान परमानन्द भट्टले बताए । बिरुवाको माग नहुँदा विरुवा विक्रि नभएका उनले बताए । बिरुवा कम विक्रि भएपछि यो पाली आम्दानी समेत घटेको उनले बताए । 

दशरथचन्द नगरपालिका १ र सुर्नया गाउँपालिका २ मा किसानहरुका २२ भन्दा बढी निजी नर्सरी रहेका छन् । सम्बन्धित निकायमा दर्ता गरेका निजी नर्सरीहरुमा हिउँदे तथा बर्खे फलफूलका बिरुवाहरु किसानहरुले उत्पादन गरेका छन् । 

लाखौंका बिरुवा विक्रि गर्ने किसानहरु बिरुवा विक्रि नभएपछि यो बर्ष निराश नभएका जेएम निजी नर्सरीका सञ्चालनक मानबहादुर टेरले बताए । 

किसानहरुका नर्सरीमात्रै नभएर सुख्खा फलफूल विकास केन्द्रको नर्सरीबाट पनि यो बर्ष बिरुवा कम विक्रि भएका छन् । फलफूल निर्देशनालयले विरुवा विक्रिका लागि श्रोत निर्धारण नगर्दा समस्या भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । 

सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा ५३ हजार बिरुवा रहेकोमा २९ हजार ५ सय बिरुवामात्रै विक्रि भएका खड्काले बताए । 

नर्सरीमा ओखर, स्याउ, नासपाती, खुर्पानी, आरु, आरुबखडा लगायतका हिउँदे फलफूलका बिरुवाहरु रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update