Sagun Khabar
बैतडीका ४ सय  कुकुरलाई रेबिजविरुद्धको खोप 

बैतडी- बैतडीका झण्डै ४ सय घरपालुवा कुकुरलाई  रेबिजविरुद्धको खोप लगाइएको छ । जिल्लाको  विभिन्न पालिकाका ३सय ९९ घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको हो ।

कार्यालयबाट र पालिकाहरुमा खोप शिविर सञ्चालन गरेर कुुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइएको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका  पशु विकास अधिकृत डाक्ट विशाल पाठकले जानकारी दिए । उनका अनुसार चालु आर्थि वर्षको अहिले सम्म दशरथचन्द नगरपालिकामा १ सय ५१ कुकुरलाई  रेबिज विरुद्धको खोप लगाइएको  छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै मेलौली नगरपालिकाका ४३, पाटन नगरपालिकाका ४८, दोगडाकेदार गाउँपालिकाका ४४,पञ्चेश्वर गाउँपालिकाका ६० र सुर्नया गाउँपालिकाका ६ घरपालुवा कुकुरलाई  रेबिज विरुद्धको खोप लगाइएको हो । यसैगरि भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनको  कार्यालयबाट ९० कुकुरलाइ  रेबिज विरुद्धको खोप दिइएको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डाक्टर पाठकले बताए ।

रेबिज रोगको जोखिमलाई रोक्न टोलबस्तिका पाल्तु कुकुरलाई  खोप लगाइएको  उनले बताए ।  रेबिज प्राण घातक रोग भएकाले यसबाट बच्नका लागि कुकुर तथा बिरालोहरुलाई खोप लगाउने गरेको उनले बताए । कुकुर, बिरालो लगायतका जनावरहरुको टोकाइबाट मानिसमा रेबिज सर्ने भएकाले जनावरहरुलाई रेबिज विरुद्धको खोप दिने गरिएको उनले बताए । तीन महिनाभन्दा माथिका कुकुर, बिरालोहरुलाई रेबिजविरुद्धको खोप लगाउने गरिएको डा. पाठकले बताए । 

रेबिज लागेको कुकुर, बिरालो लगायतका जनावरहरुले मानिसलाई टोकेमा रेबिज सर्ने गर्दछ । रेबिज रोगको औषधि नभएकाले यसबाट बच्नका लागि कुकुर, बिरालो लगायतका जनावरहरुलाई खोप लगाउनुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम नेपालमा सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य राखिएको छ।

बाँकी रहेका  बैतडीका अन्य  पालिकाहरुमा पनि शिविर सञ्चालन गरेर  रेबिजविरुद्धको  खोप लगाइने भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको  छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update