Sagun Khabar
बैतडीमा महिला तथा बालबालिका हराउने क्रम बढ्यो 

बैतडी –बैतडीमा महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । पछिल्लो चार बर्ष यता जिल्लाबाट हराएका ७१ जना महिला तथा बालबालिका अझै फेला नपरेका प्रहरीको तथ्यांकले देखाएको छ । 

हराउने बेलामा प्रहरीलाई सूचना दिने गरेको भएपनि फेला पारेपछि कम सूचना दिने प्रवृति पनि रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

आर्थिक बर्ष २०७७÷७८ मा ६३ जना हराएकोमा ५७ जना फेला परेका थिए । यस्तै आर्थिक बर्ष २०७८÷७९ मा ८४ जना हराएकोमा ६९ जना फेला परेका थिए । आर्थिक बर्ष २०७९÷८० मा १ सय ५ जना हराएकोमा ७२ जना फेला परेका थिए । 

चालु आर्थिक बर्षको अहिलेसम्म जिल्लाभरी ६२ जना हराएको प्रहरीको तथ्यांक छ । चालु आर्थिक बर्षको अहिले सम्म ३५ महिला, १० बालक, १५ बालिका र २ जना जेष्ठ नागरिक हराएका छन् । ती मध्ये ४५ जना फेला परेपनि १७ जना अझै फेला नपरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update