Sagun Khabar
बैतडीमा थप तीन जना फरार अभियुक्त पक्राउ

बैतडी- बैतडीमा थप तीन जना फरार अभियुक्त पक्राउ परेका छन् । मंगलबार  जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका  सिगास गाउँपालिका–२ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले  बुधवार थप तीन जनालाई  पक्राउ गरेको हो  ।

बुधवार पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका रहेका छन् । पक्राउ पर्नेमा विष्पोटक  पदार्थ सम्बन्धी कसुर मुद्धामा जनही १ महिना १९ दिन कैद सजाय  भइ फरार रहेका  दशरथचन्द नगरपालिका वडा नं  ६ का ४४ वर्षिय नारायण सिंह ऐरि,  सोही ठाउँका  ४७ वर्षका अर्जुन सिंह रावल र ५१ वर्षका भीम सिंह ठगुन्ना रहेका प्रहरी प्रवक्ता नन्द राज जोशीले  जानकारी दिए ।

 तीनै जनलाई गढी बजारबाट पक्राउन गरिएको उनले बताए । पक्राउ परेका फरार अभियुक्तहरुलाई आवशयक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको  प्रहरी प्रवक्ता जोशीले  बताए । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update