Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकामा  ‘हाकिम’ हाजिर

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा  हाकिम हाजिर भएका छन् । गाउँपालिकाको  प्रमुख प्रशासकीय अधिकृतमा हर्ष बहादुर  रोका हाजिर  भएका हुन् ।  बुधबार  साँझ पुगेका हाकिम रोका बिहीवारबाट पालिकामा हाजिर  भएका गाउँपालिकाले  जनाएको  छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत फागुन ९ गते रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो  । सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तर्गत कार्यरत रहेका रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको २० दिन पछि  कार्यालयमा हाजिर भएका हुन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

 सुर्नया गाउँपालिका गएको पुस १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सरुवा भएपछि गाउँपालिका हाकिम विहिन भएको थियो ।  प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा हाजिर भएकाले  अब कामकाजमा सहज हुने  गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएसंगै  रोकिएका आर्थिक तथा प्रशासनिक कामहरु सुचारु भएका उनले बताए । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update