Sagun Khabar
बैतडीबाट यस वर्षको  एसईई परीक्षामा ५ हजार ८७ जना परीक्षार्थी सहभागी हुँदै

बैतडी- बैतडीमा पनि माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी तिब्र पारिएको  छ ।  यहि चैत १५ गते बिहीवारबाट हुने एसईई परीक्षाको तयारी जिल्लामा तिब्र पारिएको हो । जिल्लामा एसईईको तयारी तिब्र पारिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर राज शर्माले जानकारी दिए । बैतडीबाट यस वर्षको एसईई परीक्षामा ५ हजार बढी परीक्षार्थी सहभागि हुँदै छन् ।

यस वर्षको  एसईई परीक्षामा २ हजार ४ सय  ५७  छात्र र २ हजार ६ सय ३० छात्रा गरि ५ हजार ८७ परीक्षार्थी  सहभागी हुने छन् ।  नियमितर्फका ४ हजार ६ सय ४जना, ग्रेड वृद्धितर्फका २ सय १०  र प्राविधिक धार तर्फका  २ सय ७३ जना गरि जम्मा ५ हजार  ८७ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

२५ ओटा केन्द्रबाट   परीक्षा सञ्चालन हुने  छन् ।  गत वर्ष  जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसईई परीक्षा सञ्चालनका लागि तोकेका २५ ओटा केन्द्र नै अहिले  पनि कायम गरिएका बताइएको  छ । परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापक नै  केन्द्राध्यक्ष रहने  छन् । उनिहरुलाई  केहि दिनमै अभिमुखिकरण तालिम दिइने शिक्षा विकास तथा समन्वय  इकाइ बैतडीले जनाएको छ ।

यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने प्रावधान राखिएको छ। यस वर्ष देखि बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई गर्न लागेको हो । न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने छ । यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको हो । २ वटाको छुट्टा छुट्टै रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यो पटक भने दुवै छुट्टा छुट्टै अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।  

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update