Sagun Khabar
बैतडीमा ४ वर्ष देखि अलपत्र मोटरेबल पुलको निर्माण काम बल्ल सुरु

बैतडी - बैतडीको पुर्चौडीमा अलपत्र मोटरेबल पुलको निर्माण कार्य सुरु भएको छ  । विगत ४  वर्ष देखि अलपत्र मोटरेबल पुल निर्माणको काम सुचारु भएको हो । पुर्चौडी नगरपालिका १ खडिखेत नजिकैको जमाडी  खोलामा  निर्माण भइरहेको पुलमा  अहिले धमाधम काम भैरहेको  पुर्चौडी नगरपालिकाका सूचना अधिकारी  प्रविन धानुकले जानकारी दिए ।

यो पुलको  आर्थिक वर्ष २०७६÷७७ मा जगदम्बा कन्सट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । संघीय सशर्त अनुदान अन्तर्गत ४ करोड ७० लाखको लागतमा पूर्वाधार विकास कार्यालय बैतडीले हेर्ने गरि निर्माण भइरहेको पुल अहिले सम्म निर्माण सम्पन्न हुन सकेको छैन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

निर्माण सामग्री अभावले रोकिएको पुल निर्माणको काम अहिले सुचारु भएको सूचना अधिकारी धानुकले बताए । एप्रोच रोडको निर्माण कार्य भएर दुवैतिर बेस निर्माण भएको पुलमा  बाँकि काम  अहिले सञ्चालन भएको  छ । आवश्यक निर्माण सामग्री भारतबाट मगाउनु पर्ने भएकाले बिलम्व भएको पुलमा अहिले तिब्र गतिमा काम भैरहेको पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले बताए ।

अहिले  निर्माण सामग्री पुगेपछि काम सुचारु भएको उनले बताए । जेड १५  भित्र निर्माण कार्य सक्ने गरि काम भैरहेको पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर भुलले बताए  । 

सगुन खबरले पुल निर्माण अलपत्र परेको कुरा पटकपटक  उठाएर   सम्बन्धित निकायको  ध्यानाकर्षण गराएको   थियो । 

सम्बन्धित समाचार  http://बैतडीको पुर्चौडीमा झण्डै पाँच करोडको पुल ३ वर्षदेखि अलपत्र  https://www.sagunkhabar.com/detail/7979

https://www.sagunkhabar.com/detail/8806बैतडीको पुर्चौडीमा अलपत्र मोटरेबल पुलको निर्माण कार्य अझै सुचारु भएन्

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update