Sagun Khabar
बैतडीका १८ हजार २ सय बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाइयो 

बैतडी–बैतडीमा १८ हजार २ सय ४ जना बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाइएको छ । फागुन तेश्रो साता जिल्लामा सञ्चालन भएको दादुरा–रुबेला खोप अभियान अन्तर्गत बालबालिकाहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालयका कोल्ड चेन सुपरभाइजर राजेन्द्र अवस्थीले जानकारी दिए । 

जिल्लाका १० ओटै स्थानीय तहमा सञ्चालन भएको खोप अभियान अन्तर्गत ९ महिनादेखि ५ बर्षमुनिका बालबालिकाहरुलाई खोप लगाइएको अवस्थीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दादुरा–रुबेला रोगबाट बचाउन बालबालिकाहरुलाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

अभियान अन्तर्गत दशरथचन्द नगरपालिकामा २ हजार १ सय बालबालिकाहरुलाई खोप लगाइएको छ भने पाटन नगरपालिकामा २ हजार ९२ बालबालिकाहरुलाई खोप लगाइएको छ । 

जिल्लाको पुर्चौंडी नगरपालिकामा २ हजार ७७३ बालबालिकाहरुलाई खोप लगाइएको छ भने मेलौली नगरपालिकामा १ हजार ५सय ४ बालबालिकाहरुलाई खोप लगाइएको छ । 

यस्तै डिलाशैनी गाउँपालिकामा १ हजार ५९४, दोगडाकेदार गाउँपालिकामा १ हजार ६६८, पञ्चेश्वर गाउँपालिकामा १ हजार ३३७, शिवनाथ गाउँपालिकामा १ हजार ७ सय, सिगास गाउँपालिकामा १ हजार ९ सय ३९ र सुर्नया गाउँपालिकामा १ हजार ४९७ जना बालबालिकाहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । 

बैतडीमा दादुरा–रुबेला खोप अभियानका लागि ३ सय ६२ जना स्वास्थ्यकर्मी खटाइएका थिए भने ७ सय २४ जना स्वयंसेवक खटाइएका थिए । 

३ सय ६२ खोप केन्द्रमार्फत जिल्लामा खोप अभियान सञ्चालन भएको कोल्ड चेन सुपरभाइजर अवस्थीले बताए । केन्द्रमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई घरभेट गरेर खोप लगाइएको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update