Sagun Khabar
बैतडीको देहीमाण्डौंमा मेला अवधिभर मदिरा  विक्री वितरण र सेवनमा रोक,निर्णय विपरित कार्य गरे कारबाही  

बैतडी -बैतडीको देहीमाण्डौंमा मदिरा  विक्री वितरण तथा सेवनमा रोक लगाइएको  छ । दशरथचन्द नगरपालिका २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा चैतेदशैँको अवसरमा लाग्ने  बलिसहितको जात्रालाई  शान्तपूर्ण रुपमा सम्पन्न गर्न देहीमाण्डौमा मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाइएको  दशरथचन्द नगरपालिका  वडा नं  २ का वड अध्यक्ष सुर्य बहादुर  बोहराले  जानकारी दिए ।

मदिरा सेवन र विक्रि वितरणका  कारण विभिन्न खालका समस्याहरु उत्पन्न हुने भएकाले मेला  अवधि सम्म मन्दिर आसपासका क्षेत्रमा मदिरा ओसारपोसार, बेचविखन, सेवन ताथ जुवातास पूर्णरुपमा निषेध गरिएको उनले  बताए ।  कसैले मदिराको कारोबार र सेवन गरेको पाइएमा  कानुन अनुसार कारवाही हुने समेत जनाइएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

 निङ्गलाशैनी भगवती मेला व्यवस्थापन समितिका अनुसार मदिरा बेचविखन  ओसारपोसर गरेको पाइएमा ५ हजार , सेवन गरि होहल्ला गरेमा २ हजार , जुवातास खेलेखेलाइएको पाइएमा ५ हजार  र खुल्ला ठाउँमा दिशा पिषाब गरेको  पाइएमा १ सय  जरीवाना  तोकिएको  छ । मेला अवधिभर कसैले  समितिको निर्णय विपरित कार्य गरेको पाइएमा कारबाही गरिने  मेला व्यवस्थापन समिति अध्यक्ष भान बहादुर  बोहराले बताए।

चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा भोलि भव्य  जात्रा लाग्दै छ। चैते नवरात्रीको अवसरमा मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा शुरु हुने र चैत्राष्टमीका दिन बलि दिने चलन रही आएको  छ । गत विगतमा चैत्र महिनामै जात्रा हुने गरेको भएपनि यो वर्ष अधिकमासका कारण बैशाखमा जात्रा लागेको छ । आज सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका दिन पशुबलि दिने चलन रही आएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको छ । दशैंको बेला महाष्टमीका दिन पशुबलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती मन्दिरमा चैतको महिनाको चैतेदशैंमा पनि जात्रा हुने गरेको छ । यस्तै  अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।  निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update