Sagun Khabar
भारतकाे असम र मिजोरम राज्यको सीमामा झडप, ६ जना प्रहरी जवानको ज्यान गयो

काठमाण्डौ –भारतका असम र मिजोरम राज्यको सीमामा झडप हुँदा ६ जना प्रहरी जवानको ज्यान गएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सिमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेका छन् । साथै घटनाले ठूलो चोट पुर्याएको उल्लेख गरेका छन् ।  हिजो असम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

दुई राज्यबीच लामो समयदेखि सीमा विवाद रहेको छ । ६ जना प्रहरी जवानको ज्यान गएलगत्तै केन्द्र सरकारका गृहमन्त्री अमित साहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति स्थापनाको सुनिश्चित गर्न आग्रह गरेका छन् । 

-

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update