Sagun Khabar
बैतडीमा आफ्नै भतिजीमाथि कुकर्म गरेर हत्या गर्ने काका पक्राउ 

बैतडी -बैतडीमा बलात्कार पछि हत्या आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नै भतिजी माथि बलात्कार गरेर हत्या गरेको आरोपमा ३० वर्षका युवक पक्राउ परेका हुन् ।

१७ वर्षिया किशोरी माथि बलात्कार पछि हत्या गरेको  आरोपमा युवकलाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केशीले जानकारी दिए । मृतकको बुवाबाट हाडनाता करणी र कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी परेछि सोमबार प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको टोलीले पुर्चौडीबाट ती युवकलाई  नियन्त्रण लिएको  उनले  बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

पुर्चौडी नगरपालिका  वडा नं ४ रातामाटाकी किशोरी चैत्र २८ गते जंगलमा मृत फेला परेकी थिइन् । तीन देखि देखि बेपत्ता किशोरी  मृत फेला परेपछि  इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीको  टोलीले घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानबाट काका नाता पर्ने ती युवकले ललाई फकाइ धाकधम्की दिएर पटकपट बलात्कार पछि किशोरी गर्भवती भएकी खुलेको  छ ।

डडेल्धुरा अस्पतालमा गरिएको पोष्टमार्टमा किशोरीको  पेटमा १८ हप्ताको  गर्भ फेला परेको प्रहरीले जनाएको छ । गर्भपतन गर्न नमानेपछी  जंगलमा लगेर  हत्या गरेको  खुलेको   छ।   पुर्चौडी स्वास्थ्य  चौकीमा गर्भपतन   गराउने  प्रयास असफल भएपछि काकाले ढुंगलाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको  प्रहरी प्रवक्ता केसीले  बताए । मृतक   किशोरीको  गत वर्ष मात्रै बिहेको भएको थियो । उनका श्रीमान रोजगारीको  सिलसिलामा भारतमा थिए ।  

अभियुक्त माथी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान  भैरहेको  प्रहरीले  जनाएको  छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update