Sagun Khabar
कप्तान रोहितको शतकमा नेपालको रोमाञ्चक जित

वेस्ट इन्डिज 'ए' सँगकाे पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज भएकाे खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले हरायाे ।

वेस्ट इन्डिज 'ए' ले दिएकाे २ सय ५ रनकाे लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहितकुमार पाैडेलले शतक बनाए । राेहित ५४ बलमा १ सय १२ रन बनाएर आउट भए । वेस्ट इन्डिज 'ए' का म्याथ्यु फाेर्डे र ओबेड मकाेएले समान २ विकेट लिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायाे । वेस्ट इन्डिज 'ए' का कप्तान राेस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए । यस्तै एलिक अथान्थीले ४७ रन बनाए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान राेहितकुमार पाैडेल र अबिनाश बाेहराले समान १ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भाेलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update