Sagun Khabar
बैतडीमा जिप दुर्घटना, सात जना घाइते 

बैतडी –बैतडीमा बुधबार बिहान बोलेरो जिप दुर्घटनामा परेको छ । धनगढीबाट बैतडीको तल्लादेहीका लागि छुटेको सुपप्र ०२००१ ज ३८५ नम्बरको जिप सतबाँझ –गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ सिदुन भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

बुधबार बिहान साढे दुईबजेतिर जिप दुर्घटना परेको र जिपमा सवार सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा परी पुर्चौंडी नगरपालिका वडा नं ९ तल्लादेहीका २७ बर्षीय दिपक पार्की, उनका ८ बर्षीय छोरा छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ बर्षीय धनजीत पार्की, उनकी १५ बर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ बर्षीया कृष्णा पार्की घाइते भएका छन् । 

यस्तै डिलाशैनी गाउँपालिका ४ तडीबटा बस्ने ३३ बर्षीय करबीर सार्की र ७४ बर्षीय मनोरी सार्की पनि घाइते भएका प्रहरी निरीक्षक जोशीले बताए । 

घाइते मध्ये प्रदीप पार्की र रेखा पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । 

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको बताइएको छ । जिप चालक पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २३ बर्षीय सुरेन्द्र पुजारा फरार रहेका प्रहरी निरीक्षक जोशीले बताए । 

जिपमा १२ जना सवार रहेका भनिएपनि एकीन भने भइनसकेको प्रहरी निरीक्षक जोशीको भनाइ छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update