सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने 
                        
                        
                                                
                                             
                                                                    कैलाली –सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले जानकारी दिए ।
गएको वैशाख ६ मा एमालेसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारीले २१ वैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए । त्यतिबेला एमालेले विश्वास मत दिन नसक्ने अडान लिएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन् ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि यही जेठ ३ गते विहान सवा १० बजे सुदूरपश्चिम प्रदेशसभा बैठक बोलाएका छन् । 
 
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:३७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    