Sagun Khabar
बैतडीमा काफलको रुखबाट लडेर एक बालिका घाइते, आइसियुमा राखेर उपचार हुँदै 
Atrya hospital

बैतडी –बैतडीमा काफलको रुखबाट लडेर एक बालिका घाइते भएकी छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–८ बबिडा घर भएकी १४ बर्षीया गीता धामी काफलको रुखबाट लडेर घाइते भएकी हुन् । 

बुधबार बिहान घर नजिकैको काफलको रुखमा काफल टिप्नका लागि गएकी धामी लडेर घाइते भएकी हुन् । घाइते धामीको बाँया खुट्टाको तीघ्रा र दाहिने हातमा चोट रहेको छ । उनको डडेल्धुरा अस्पातलमा समान्य उपचारपछि धनगढीमा उपचार भइरहेको छ । 

घाइते धामीलाई बुधबार राति उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पातलमा पुर्याएको र आइसियुमा राखेर उपचार भइरहेको उनका बुवा गणेश धामीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update