Sagun Khabar
बैतडीबाट जितेर मन्त्री बनेका भण्डारीको कति छ सम्पति ? 

बैतडी-बैतडी बाट निर्वाचित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्पत्ति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनी काठमाडौंमा डेरामा बस्दै आएका छन् । 

सम्पत्तिको नाममा उनको बैतडीको पाटन नगरपालिका ६ मा ६ कोठे पुर्ख्यौली घर र २ रोपनी जमिन छ । मन्त्री भण्डारीले बुझाएको सम्पत्ति विवरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ मा पनि २ कट्ठा जमिन देखिएको छ । 

Atrya hospital

श्रीमती कविताको नाममा ६ तोला सुन र विभिन्न बैंकमा आफ्नो र श्रीमतीको नाममा १२ लाख भन्दा बढी नगद मौज्दात रहेको मन्त्री भण्डारीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

त्यस्तै उनले प्रसिद्ध संगम हस्पिटल प्रालिमा ८ हजार कित्ता शेयर भएको र १० लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update