Sagun Khabar
भीरबाट लडेर अस्ताइन् महिला स्वास्थ्य स्वयंसेविका चन्द 
Atrya hospital

बैतडी–बैतडीमा भीरबाट लडेर एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका ५ कफाडीकी ३४ बर्षीया बिन्दु चन्दको भीरबाट लडेर मृत्यु भएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए । 

मंगलबार बिहान साढेसात बजेतिर घर नजिकैको कोट भन्ने भीरमा घाँस काट्न गएकी स्वयंसेविका चन्द लडेकी थिएन् । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दले बताए । 

उदयदेव आधारभूत स्वास्थ्य सेवा केन्द्रमा विगत १३ बर्षदेखि स्वयंसेविकाको रुपमा काम गर्दै आएकी चन्दको निधनले स्वास्थ्य क्षेत्रमा समेत ठूलो क्षति पुगेको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update