Sagun Khabar
बैतडीमा टी–१० भेट्रान खसी कप क्रिकेट प्रतियोगिता हुने 

बैतडी–बैतडीमा पहिलोपटक टी–१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

दशरथचन्द नगरपालिका २ देहिमाण्डौैंस्थित निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजनामा यही जेठ ३१ गतेबाट  प्रतियोगिता शुरु हुनेछ । 

प्रतियोगितामा सहभागी इच्छुकको लागि टिम दर्ता खुल्ला गरिएको आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

Atrya hospital

प्रतियोगिता सहभागी हुन चाहने टोलीले जेठ २९ गतेसम्म दर्ता गरिसक्नुपर्ने र खेलतालिका जेठ ३० गते सार्वजनिक गरिने बोहराले बताए । टीम दर्ता शुल्क ४ हजार ५ सय राखिएको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव रोशन बोहराले बताए ।

यस्तै म्यान अफ द सिरिजलाई २.५ केजी कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५केजी कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ । यसका साथै म्यान अफ दी म्याच,ह्याट्रिक,शतक, सर्वाधिक चौका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

टी–१० फरम्याट खेल सञ्चालन हुने र आइसिसि,एलपीसि नियम लागू हुने आयोजकले जनाएको छ ।

सहभागी हुने टोलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका हुनुपर्ने आयोजकले जनाएको छ । 

२५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियोगिताका सहसंरक्षक चक्र बोहराले बताए । प्रतियोगिता निङ्गलाशैनी खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update