Sagun Khabar
न्यूनतम सेवा मापदण्डमा बैतडी अस्पताल उत्कृष्ट 

बैतडी –देशभर रहेका प्राथमिक अस्पतालहरुमध्ये जिल्ला अस्पताल बैतडी उत्कृष्ट बन्न सफल भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको उपचारात्मक महाशाखा र निक साइमन इन्ष्च्यिुटले गरेको अध्ययनपछि जिल्ला अस्पातल बैतडी प्रथम बन्न सफल भएको हो । देशभर रहेका ७२ ओटा प्राथमिक अस्पतालमध्ये जिल्ला अस्पताल बैतडी उत्कृष्ट बन्न सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले बताए । 

अस्पतालले प्रदान गरिरहेका सेवाहरुको मूल्यांकन गरेर अस्पताललाई उत्कृष्ट घोषणा गर्ने गरिएको छ । अस्पातलले दिने सेवा, उपकरण, भौतिक व्यवस्थापन लगायतको मूल्यांकन गर्ने गरिएको छ । गत बर्ष पनि जिल्ला अस्पताल प्राथमिक अस्पतालहरुमध्ये उत्कृष्ट भएको थियो । 

Atrya hospital

यस्तै सेकेण्डरी ए अस्पतालहरुमा भक्तपुर अस्पताल, सेकेण्डरी बी अस्पतालहरुमध्ये लुम्बिनी प्रादेशिक अस्पताल र टर्सरी अस्पतालहरुमध्ये भेरी अस्पताल उत्कृष्ट भएको डा. विकले बताए । 

अस्पातलमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको लगनशीलताले अस्पताल उत्कृष्ट भएको जिल्ला अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती भट्टले बताइन् । आगामी दिनमा अझै अस्पतालले प्रदान गर्ने सेवाहरुलाई परिष्कृत गरिने उनले बताइन् । 

जिल्ला अस्पताल बैतडीमा बिशेषज्ञसहित १२ जना चिकित्सक कार्यरत रहेका छन् । त्यस्तै आवश्यकता अनुसार अन्य स्वास्थ्यकर्मीहरु पनि कार्यरत रहेको जिल्ला अस्पतालका प्रमुख डा. विकले बताए ।  
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update