Sagun Khabar
पहिरो खसेपछि बैतडीको सतबाँझ–श्रीभावर सडक अवरुद्ध 

बैतडी–लगातारको बर्षाले पहिरो खसेपछि बैतडीको सतबाँझ –श्रीभावर सडक अवरुद्ध भएको छ । सडक अन्तर्गत सुर्नया गाउँपालिका ४ बङसल्ला भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको यातायात व्यवसायी रामबहादुर बिष्टले बताए । 

सतबाँझ–श्रीभावर सडकमा स्तरोन्नतीको काम अन्तर्गत नयाँ कटिङ भएको र नयाँ कटिङ भएका ठाउँमा पहिरो खसेको उनले बताए । उक्त सडक अवरुद्ध भएपछि सुर्नया गाउँपालिकाको केन्द्र आवतजावतमा समस्या भएको छ ।

Atrya hospital

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर सडकमा स्तरोन्नतीको काम भइरहेको छ । स्तरोन्नतीका लागि सडक डबल कटिङ गरेको र ठाउँ–ठाउँमा पहिरो खसेको बिष्टले बताए । 

बङसल्ला हुँदै सुर्नया गाउँपालिकाको केन्द्र जोड्ने र सनशेरीमाण्डौं हुँदै पालिकाको केन्द्र जोड्ने दुवै सडकमा पहिरो खसेको बताइएको छ । 

सडक अवरुद्ध हुँदा वडा नं १,२ र ३ का नागरिकलाई पालिकाको केन्द्रसम्म पुग्न समस्या भएको छ । 

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update