Sagun Khabar
दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला- दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–१ साङपाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको हो। साङपाङस्थित बरभगे भिरबाट लडेर स्थानीय करिब ४५ वर्षीय उदयसिंह ठगुन्नाको मृत्यु भएको हो।

स्थानीय प्रेम बडालका अनुसार बुधबार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। ठगुन्ना भिरबाट करिब ३ सय मिटर तल खसेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update