Sagun Khabar
सुर्नया गाउँपालिकामा भोलि स्थानिय सार्वजनिक बिदा 

बैतडी — सुर्नया गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाको श्री शंकर संस्कृत मावि मुलखालीमा यही २०८१ साल माघ २२ देखि २४ गतेसम्म आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माघ २४ गते (एक दिन) सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, सेवा केन्द्र, र शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा लागू हुनेछ। गाउँपालिकाका अध्यक्षको आदेशअनुसार उक्त निर्णय गरिएको जानकारी दिँदै सुर्नया गाउँपालिकाले एक सुचना जारी गर्दै सबैलाई जानकारी गराएको छ।

स्थानिय निकायले खेलकुद प्रवर्द्धन तथा विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले बिदा दिने निर्णय गरेको बताइएको छ।
  

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update