Sagun Khabar
निरन्तर वर्षा : बैतडीमा सवारी साधन सञ्चालनमा रोक 

बैतडी–बैतडीमा शुक्रबारदेखि निरन्तर बर्षा भइरहेकाले जिल्लाभरी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालयले शनिबार एक सूचना जारी गर्दै शुक्रबार रातिदेखि अविरल बर्षा भइरहेकाले शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारी साधन आवागनमा पूर्ण रुपमा रोक लगाएको जनाएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर बर्षा भइरहेकाले बैतडी जिल्ला पनि सतर्क हुनुपर्ने जिल्लाको सूचीमा राखेपछि स्थानीय प्रशासनले सवारी साधन आवागमनमा पूर्ण रुपमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । 

यस अवधिमा आकस्मिक र अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ । 

लगातारको बर्षा भइरहेकाले दार्चुला,डडेल्धुरा र बझाङ जिल्लामा पनि सवारी आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update