Sagun Khabar
पाटन–४ को बस्ती टोलबाट नसर्ने रोगको पहिचान कार्यक्रम शुरु, पहिलो दिन ६४ जनाले सेवा लिए 

बैतडी–नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान अन्तर्गत बैतडीको पाटन नगरपालिका–४ को बस्ती टोलबाट अभियान शुरु गरिएको छ । 

भुमेश्वर स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्रका सबै टोलहरुमा नसर्ने रोगको पहिचान कार्यक्रम सञ्चालन गर्ने र त्यसको शुरुवात बस्ती टोलबाट गरेको स्वास्थ्यचौकी प्रमुख जगदीश विकले बताए । 

बिहीबार बस्ती टोलमा सञ्चालन गरिएको नसर्ने रोगको पहिचान कार्यक्रम अन्तर्गत पहिलो दिन ६४ जनाले सेवा लिएका छन् । नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान अन्तर्गत मधुमेह, उच्च रक्तचाप, तौल,उचाइ परीक्षण गर्ने गरिएको छ । 

पहिलो दिन परीक्षण गरिएका नागरिक मध्ये तीनजनामा उच्च रक्तचापको समस्या देखिएको स्वास्थ्यचौकी प्रमुख विकले बताए । 

अभियानको एक कार्यक्रमकाबीच वडा अध्यक्ष दिपकसिंह बिष्टले उद्दघाटन गरे । नसर्ने रोगको पहिचानका लागि सञ्चालन भएको एक महिने अभियानले नसर्ने रोगको बारेमा जानकारी हुनुका साथै यी रोगको जोखिममा रहेका नागरिकहरुको उपचार सेवा पहुँच हुने उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update