Sagun Khabar
राष्ट्रिय विज्ञापन संघको नयाँ कार्यसमिति चयन, सह–कोषाध्यक्षमा बैतडीका अवस्थी 

बैतडी –राष्ट्रिय विज्ञापन संघ नेपालको प्रथम महाधिवेशनबाट प्रदिप प्रसाद कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । 

उक्त समितिको सह–कोषाध्यक्षमा बैतडीका चन्द्रकान्त अवस्थी निर्विरोध निर्वाचित भएका छन् । सिगास मिडिया हब प्रालिका प्रबन्ध निर्देशक अवस्थी लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील रहेका छन् । 

मिडिया सोलुसन प्रालिका  अध्यक्ष कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । 

संघको प्रथम उपाध्यक्षमा सिटी एक्प्रेस मिडिया प्रालिका अमृतकुमार पन्थी, द्धितिय उपाध्यक्षमा एड चौतारीका आशिष खड्का, महासचिवमा मिडिया जर्नलका बिमल खड्का, सचिवमा नेपाल मिडिया हाउस प्रालिका नवराज निरौला, कोषाध्यक्षमा स्मारिका ट्रेडर्स प्रालिका अरुण आर्याल र सहकोषाध्यक्षमा सिगास मिडिया हव प्रालिका चन्द्रकान्त अवस्थी सर्वसम्मत रुपमा निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदिप सत्यालले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा स्वर्गद्वारी मिडिया प्रालिका वसन्त योगी, डच मिडिया प्रालिका रवि अर्याल, एमबिसस मिडिया प्रालिका राधाकुमारी ढकाल (रोजी), प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एण्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेशनल मिडिया सर्भिस प्रालिका अदिप पाठक निर्वाचित भएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update