
दार्चुला –दार्चुलाको लेकम गाउँपालिकामा कार्यरत शिक्षा अधिकृतको दुर्घटनामा मृत्यु भएपछि मंगलबार गाउँपालिकामा शोक बिदा दिइएको छ ।
सोमबार शैक्षिक कार्यक्रम सकाएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका शिक्षा अधिकृत केशवराज ओझाको उपचारका क्रममा मृत्यु भएको थियो ।
गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखसमेत रहेका ओझाको मृत्युपछि गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले बताए ।
सोमबार लेकम गाउँपालिका–५ चौपातामा शैक्षिक कार्यक्रम सकेर घर फर्किने क्रममा लेकम गाउँपालिका–४ स्थित गोदालीमा माथिबाट खसेको ढुंगा पिठ्युमा लागेर गम्भीर घाइते अधिकृत ओझाको उपचारका क्रममा मृत्यु भएको हो ।
लेकम गाउँपालिका–४ का स्थानीय समेत रहेका शिक्षा अधिकृत ओझा चौपाताबाट घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । घटनास्थलबाट उपचारका लागि गोकुलेश्वर अस्पताल पु¥याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
शिक्षा अधिकृत ओझाको मृत्युले लेकम गाउँपालिकाको शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीले बताए ।