
बैतडी –एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौट बैतडीमा हुने भएको छ ।
छनौट प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रंगशाला,सुन्दरखालीमा हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेशबहादुर बोहराले बताए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको संयोजन र बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ ।
छनौट प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा डडेल्धुरा,बैतडी,बझाङ र डोटी तथा समूह बी मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् ।
जेठ ८ गते हुने पहिलो तथा उद्घाटन खेलमा बैतडी र बझाङ भिड्दा सोही दिन हुने अर्को खेल डडेल्धुरा र डोटी प्रतिस्पर्धा गर्नेछन् ।
जेठ ९ गते हुने पहिलो खेलमा बैतडी र डडेल्धुरा भिड्दा दोस्रोमा बझाङ र डोटी आमनेसामने हुनेछन् ।
जेठ १० गते पहिलो खेलमा डडेल्धुरा र बझाङबीच भिडन्त हुँदा दोस्रो खेलमा बैतडी र डोटी प्रतिस्पर्धा गर्नेछन् ।
जेठ ११ गते पहिलो खेलमा अछाम र कैलाली खेल्दा दोस्रो खेलमा कञ्चनपुर र दार्चुला भिड्नेछन् । जेठ १२ गते पहिलो खेलमा अछाम र कञ्चनपुर भिड्दा दोस्रोमा कैलाली र दार्चुला खेल्नेछन् ।
जेठ १३ गते पहिलो खेलमा कैलाली र कञ्चनपुर आमनेसामाने हुँदा दोस्रोमा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ ।
जेठ १४ गते समूह ए विजेता र बी को विजेता उपाधिका लागि खेल्नेछन् । छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिनेछ ।
एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।