
बैतडी – एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौट खेल्ने बैतडीको टोली घोषणा गरिएको छ ।
बैतडी जिल्ला क्रिकेट संघले उक्त छनौट प्रतियोगिता खेल्नका लागि सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान भट्टसंगै उपकप्तानमा भाष्कर जोशी,अन्य सदस्यहरुमा मुकेश चन्द, सन्तोश चन्द, बिक्रम बोहरा, निरज थापा, अमन विष्ट, विनोद भाट, निरज भट्ट, कृष्ण बोहरा, अमर चन्द, दिनेश महरा, जय बहादुर नाथ र पंकज चन्द रहेका छन् ।
यस्तै टेकराज जोशी,आकाश भण्डारी,सौरभ राना र निखिल टमटा वैकल्पिक खेलाडीका रुपमा छनौट भएका बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।
बैतडी जिल्ला संघले गत वैशाख २६ गतेदेखि यहि जेठ २ गतेसम्म छनौट प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु टोलीमा समावेश भएका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशस्तरीय छनौट प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रंगशाला,सुन्दरखालीमा हुँदैछ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको समन्वय र बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताए ।
बैतडी जेठ ८ गते उद्घाटन खेलमा बझाङसंग भिड्नेछ । छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेटेर प्रदेशको टोली तयार गरिनेछ ।
एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।