
बैतडी –सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनोट गरिएका छन् । गएको महिना पुर्चौडी नगरपालिकामा सम्पन्न १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ७० खेलाडी छनोट गरिएका बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए ।
छनोट हुने खेलाडीमा छात्र र छात्रा भलिबलमा नौ÷नौ, कबड्डी छात्र र छात्रामा नौ÷नौ, एथ्लेटिक्समा छात्र र छात्रा गरेर ११÷११ जना र कराँतेमा छ÷छ खेलाडी छनोट भएका छन् ।
पुर्चौडीमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दशवटै स्थानीय तहको सहभागिता रहेको थियो ।
छनोट भएका खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका जनाउने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी जानकारी दिए ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिना हुने भनिए पनि मिति भने तय भएको छैन् ।