Sagun Khabar
चौलानी नदीमा बगेर दार्चुलाका एकजनाको मृत्यु 

दार्चुला –चौलानी नदीमा बगेर दार्चुलाका एकजनाको मृत्यु भएको छ । 

शनिबार नुहाउने क्रममा शैल्यशिखर नगरपालिका–२ छेलाबगडका ६० बर्षीय कृष्णबहादुर पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्र रावतले बताए । 

मृतक पालको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update