दार्चुलामा महाकाली नदीकोबीचमा फसेका पुरुषको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

दार्चुला –दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलङ्गास्थित महाकाली नदीकोबीचमा फसेका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
बाँकेको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय बिक्रम के.सी. बिहीबार नदीकोबीच भागमा फसेका थिए ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएका उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ १७:५१
प्रतिक्रिया दिनुहोस्